Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सतिश सिंह सरकारसँग कांग्रेस असन्तुष्ट, मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : महामन्त्री शर्मा





सिरहा ।

सतिश सिंह सरकारसँग मधेश सरकारकै सत्ताका अर्का घटक कांग्रेस असन्तुष्ट देखिएको छ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताएका छन् । नेपाली कांग्रेस लहान नगर कार्यसमितिको आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले कांग्रेससँग राम्रो व्यवहार नदेखाएको बताएका हुन्।

उनले यस्तै व्यवहार रहेमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकारको विकल्प ढिला चाँडो खोजिने बेला आएको उनले बताए। ´अहिले जनमतको नेतृत्वमा रहेको सरकारले जे जति काम गरिरहेको छ । त्यो चित बुझाई छैन । गुनासो धेरै रहेको मधेस हिडाँईमा जानकारी पाएको छु, उनले भने, ´केन्द्रमा जनमत सरकारमा रहेकोले हामी केही बोलेको छैनौं । मधेसमा अहिले सम्म कांग्रेसले मुख्यमन्त्री पाएको छैन । कृष्ण यादवकै नेतृत्वमा हामी सरकार बनाउनेछौँ ।`
एमाले, कांग्रेस र लोसपा मिले सहजै सरकार बन्ने उनले सुनाए ।

बीआरआई मात्रै होइन नेपाली कांग्रेसले अब कुनै पनि अरु देशबाट पनि ऋण थुपारेर विकास गर्ने पक्षमा नरहेको महामन्त्री शर्माको भनाई छ । संघीय सरकार अहिले फेरबदलको कुनै सम्भावना नरहेको त्यसमा ढुक्क रहन नेता र कार्यकर्तालाई महामन्त्री शर्माले आश्वस्त पारेका थिए ।

´सहकारी अपचलनमा रवि लामिछाने केन्द्रित मात्रै छानबिन र कारवाही प्रक्रिया भइरहेको छैन । यसमा थुप्रै मानिसहरु पक्राउ परेका छन् । जसमा कांग्रेस एमालेका नेताहरु पनि छन्`,उनले भने, ´अहिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन भइरहेको छ, दोषी भए कारवाही हुनुपर्छ ।` उहाँलाई पक्राउ गरेको दिन कांग्रेस झण्डा लिएर आन्दोलन नउत्रिन महामन्त्री शर्माले स्थानीय नेता कार्यकर्तालाई सचेत गराएका छन् ।