Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

६ वर्षमा पनि पूरा भएन गजेन्द्रनारायण सिंह अस्पतालको भवन निर्माण





जनकपुरधाम ।
३ सय शैय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको ६ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा
प्रभावित भएको छ । सहरी विकास मन्त्रालयबाट ३१ करोड ६ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण सम्झौता भएको हो ।
तीनपटकसम्म म्याद थप गरिए पनि भवन अधुरै छ । विसं २०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।