

एजेन्सी ।
अष्ट्रेलिया र भारतबिचको पहिलो टेस्ट मैचमा अष्ट्रेलियन ब्याटिङ्ग लाइन अप समेत पहिलो इनिंग्समा ध्वस्त भएको छ । पहिलो इनिंग्समा भारत १ सय ५० रनमै अलआउट भएपछि ब्याटिङ्ग गर्न उतरेको अष्ट्रेलिया समेत १ सय ४ रनमा अलआउट भएको हो ।
पहिलो टेस्टमा कप्तानी गरिरहेका जसप्रित बुमराहको घातक बलिंग सामु अष्ट्रेलियन ब्याट्समैनहरु टिकेर ब्याटिङ्ग गर्न नसकेपछि पहिलो इनिंग्समा अष्ट्रेलिया ४६ रनले पछाडी परेको हो । बुमराह एक्लैले ५ विकेट लिन सफल भए । त्यस्तै हर्षित राना ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए ।
अष्ट्रेलियाकालागि मिचेल स्टार्क २६ र एलेक्स क्रेले २१ रन बनाउनु बाहेक कुनै ब्याट्समैनले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
यसअघि भारतले नितिश कुमार रेड्डीको ४१ र ऋषभ पन्तको तथा केएल राहुलको २६ रनको मद्दतले १ सय ५० रनको स्कोर खडा गरेको थियो । भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हेजलवूडले सर्वाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पैट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिएका थिए ।
