Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महाराष्ट्रमा बिजेपी बिजेपी अगुवाईको महायुति दूई तिहाइ तर्फ बढदै , झारखण्डमा झामुमो अगाडि





न्यू दिल्ली ।
महाराष्ट्रका २८८ विधानसभा सिटहरूमा मतगणना सुरु भइसकेको छ । सो राज्यमा भारतीय जनता पार्टी गठबन्धन महायुति दूई तिहाइ तर्फ बढि रहेको छ । महायुतिमा बीजेपी, शिवसेना (एकनाथ शिन्दे) र एनसीपी (अजित पवार) दल समावेश छन् भने महाविकास अघाडीमा कांग्रेस, शिवसेना (उद्धव ठाकरे) र एनसीपी (शरद पवार) छन् ।
महाराष्ट्र विधानसभा का २८८ सिटहरूमा २० नोभेम्बरमा मतदान भएको थियो । २०१९ को तुलनामा यसपटक ४ प्रतिशत बढी मतदान भएको छ । २०१९ मा ६१.४ प्रतिशत मतदान भएको थियो भने यसपटक ६५.११ प्रतिशत मतदान भएको छ ।
महायुतिले २२० सिटमा अगाडी रहेका छन् । भाजपा मात्रै १२४ सिटमा अगाडी देखिएका छन् । सो गठवन्धनका शिवसेना ५८, एनसिपी ३६ र जेएसएस २ सिटमा अगाडी रहेका छन् ।
महाविकास अघाडीले ५५ सिटमा अगाडी रहेका छन् । सो गठबन्धनका कांग्रेस २१, उद्धव सिवसेनालाई १९ र शरद पवार एनसिपी ११, पावपोइ २ र एसपी २ मत मा अगाडी छन् ।
यस्तै झारखण्डका ८१ सिटहरूमा पनि मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजा अनुसार यहाँ झामुमो गठबन्धन ४८ सिटहरूमा अगाडि छ भने भाजपा गठबन्धन ३१ सिटहरूमा अग्रस्थानमा छ । अन्यको २ स्थान रहेको छ । दूबै प्रदेशको मतगणना जारी रहेको छ ।