

जनकपुरधाम ।
५ वर्षदेखि नारायणी अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।
संघीय सरकारले आर्थिक वर्ष २०७५–०७६मा नारायणी अस्पताललाई ५ सय शैय्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनको भनाइ छ । सर्वोच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका लागि रहेको उनले जानकारी दिए ।
वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि÷नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको हो ।
