

जनकपुरधाम ।
विभिन्न दल आबद्ध विद्यार्थी नेताहरुले छात्रवृति आन्दोलनमा जनकपुरधामको मेयर मनोज साह गम्भीरता नदेखाएको आरोप लगाउनु भएको छ । समय बिताएर समस्या समाधानको साटो जटिलता तर्फ बढने उहाँहरुले संकेत गर्नु भएको छ ।
छात्रवृति मात्रै समस्या छैन विद्यार्थीको समग्र समस्याको निकास तर्फ अगाडी बढनुपर्छ उहाँहरुको कथन थियो । हरेक समस्याको समाधान वार्ताद्वारा मात्र सम्भव रहेको हामीहरुले पनि बुझिरहेको तर ती वार्ता एउटा विद्यार्थी दललाई राखेर मात्रै सम्भव छैन, वार्तामा सबै दलका विद्यार्थी संगठनलाई राख्नुपर्छ उहाँहरुले भन्नुभयो ।
हामी सबैलाई बार्तामा राखेन भने त्यसको औचित्य हुँदैन सामुहिक रुपमा उहाँहरुले भन्नुभयो ।
नेपाल विद्यार्थी संघलाई राराव क्याम्पस, जनकपुरधामको अन्य सामुदायिक विद्यालयको समस्या किन देखाउदैन विद्यार्थी नेताहरुको प्रश्न थियो । अनेरास्ववियू धनुषाका जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरी, अनेरास्ववियु राजर्षि जनक विश्वविद्यालयका केन्द्रिय अध्यक्ष आदर्श मण्डल, अखिल क्रान्तिकारीका धनुषा जिल्ला अध्यक्ष वृषेश अधिकारी, समाजवादी विद्यार्थी युनियनका धनुषा जिल्ला अध्यक्ष रितिक सिंहले आफनो धारणा राखेका छन् ।
विद्यार्थी नेताहरुसँगको कुराकानी र बहस शनिवार विहान https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।

