

जनकपुरधाम ।
जनकपुरधामका निजि विद्यालयहरुमा पठन पाठन अबिलम्ब सुचारु नगरिए जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा ताल्चा लगाउने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएको छ ।
अनेरास्ववियु धनुषा, अनेरास्ववियु क्रान्तिकारी धनुषा, विद्यार्थी जनमत संघ धनुषाको संयुक्त बैठकबाट पठन पाठन एक दिन भित्र संचालनमा नल्याइए उपमहानगरमा ताला लगाउने चेतावनी दिएको हो । साथै शनिबारसम्ममा छात्रवृति सम्बन्धि विवादको हल निकाल्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापन पत्र बुझाएको हो ।
आईतबार विद्यालय तथा क्याम्पसहरु संचालनमा नआए आफूहरु उपमहानगरको कार्यालयमा ताला लगाउन बाध्य हुने विद्यार्थीहरुले चेतावनी दिएका हुन् ।
