Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अष्ट्रेलियाबिरुद्धको पहिलो टेस्टमा भारत निरिह, पहिलो इनिंग्समा १५० रनमै सीमित





एजेन्सी ।
भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अलआउट भएको छ । अस्ट्रेलियाको पर्थमा शुक्रबारदेखि शुरु भएको ५ खेलको श्रृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अलआउट भएको छ ।
भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने ऋषभ पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए । त्यस्तै भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हेजलवूडले सर्वाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पैट कमिन्स र मिचेल मार्शले २–२ विकेट लिएका थिए । भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले पहिलो मैचको कप्तानी गरेका छन् ।