Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गौतम अडानीलाई गिरफ्तार गर्न दिल्लीमा प्रदर्शन





एजेन्सी ।
भारतीय कंग्रेसको विद्यार्थी संगठन नेसनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (एनएसयूआई) ले बिहीबार अडानी समूहका अध्यक्ष गौतम अडानीविरुद्ध दिल्लीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा एनएसयूआईका कार्यकर्ताहरूले अदानीविरुद्ध नाराबाजी गरेका थिए । ‘अडानीलाई गिरफ्तार गरियोस’ लगायत नारा लेखिएका ब्यानर पनि उनीहरूले बोकेका थिए । यसअघि पत्रकार सम्मेलन गर्दै राहुल गान्धीले पनि गौतम अडानीलाई पक्राउ गर्न माग गरेका थिए ।
गान्धीले भनेका थिए– प्रधानमन्त्री नरेन्द्र मोदी अदानीको पछाडि उभिएर उनलाई बचाइरहेका छन् । भारतीय अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा ठगीको आरोप लागेको छ । गौतम अडानीमाथि आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस लिएको आरोप लागेको हो ।
अडानी समूहले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै आरोप अस्वीकार गर्दै निराधार भएको दाबी गरेको छ ।