Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्वसाधारणलाई जुत्ताको माला लगाउने वडाध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता





जनकपुरधाम ।
रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ ।
जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो । गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने वर्ष १८ का राजु सहनीलाई मोटरसाइकलमा बसाई गत मंगलवार गरूडा बजारबाट घर तर्फ जाँदै गरेको थिए । सोही क्रममा समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाईका वडा अध्यक्ष सहनीसहित सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परीक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
उक्त घटनामा संलग्न वडाध्यक्ष सहनी फरार छन् भने अन्य ३ जना व्यक्तिहरूलाई सोही दिन पक्राउ गरिएको थियो । वडाध्यक्षासहित चारैजनामाथि अपमानजनक तथा अमानवीय व्यवहार कसुरमा मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।