Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निजि विद्यालयका प्रतिनिधि र जनकपुरधाम उपमहानगरबिच एक चरणको वार्ता सम्पन्न

शुक्रबार विद्यार्थीसंगको वार्तापछि फेरी बैठक हुने, विद्यालय नखुल्ने





जनकपुरधाम ।
छात्रवृति सम्बन्धि उत्पन्न विवादको समाधानकालागि जनकपुरधाम उपमहानगरपालिका र निजि विद्यालयका छाता संगठनहरुबिचको एक चरणको वार्ता सम्पन्न भएको छ । बिहिबार उपमहानगरको कार्यालयमा अढाई बजेदेखि शुरु भएको बैठक ३ घण्टासम्म चलेको थियो ।
बैठकमा सहभागी रहेका प्याब्सनका अध्यक्ष रविन्द्रकुमार चौधरीका अनुसार छात्रवृतिमा देखिएको समस्याहरु र निजि विद्यालयका संगठनहरुको एजेण्डामाथी छलफल भएको छ । समस्या समाधानका लागि दूबै पक्ष साकारात्मक देखिएपनि विद्यार्थीसंग उपमहानगरले बैठक गरेर पुनः तीनवटै पक्षलाई राखेर बैठक गर्ने आज सहमति भएको मोडेलखबरसंगको कुराकानीमा चौधरीले बताए ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साह, उपप्रमुख किशोरी साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, उपमहानगरका अधिकारीहरु, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि, शिक्षा समन्वय ईकाईका प्रमुख, हिसान, प्याब्सन, एनप्याब्सन, मधेस प्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
निजि विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि निजि विद्यालयका संगठनहरु आन्दोलित भएका थिए भने नेवि संघ समेत सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उतरिएका थिए । निजि विद्यालय तथा विद्यार्थीहरुको आन्दोलनका कारण विद्यालयमा पठनपाठन बन्द भएपछि उपमहानगरले निजि विद्यालयका संगठनहरुलाई वार्तामा बोलाएको थियो ।
छात्रवृति सम्बन्धि नेवि संघसंग गरिएको सम्झौता फिर्ता, उपमहानगरले आफ्नै छात्रवृति सम्बन्धि कार्यविधि बनाउनु पर्ने तथा सामुदायिक विद्यालय तथा निजि विद्यालयसंग उपमहानगरले समान व्यवहार गर्नुपर्ने लगायतको एजेण्डासहित आफूहरु वार्तामा सहभागी भएको हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले जानकारी दिए ।
आफूहरुले ६ बुँदे माग राखेको र माग पूरा नभएसम्म विद्यालय नखुल्ने एनप्याब्सन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए । उनले पनि बिहिबारको बैठक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । वार्ताबाट कुनै ठोस निश्कर्ष नलागेपछि शुक्रबारपनि जनकपुरधामका निजि विद्यालयहरु बन्द रह्ने भएको छ ।