Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उम्मेदवारी परेको स्थानमा सरकारबिरुद्ध कोणसभा गर्न रास्वपाको सर्कुलर





काठमाडौं ।
स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका स्थानमा सरकारको विरोधमा कोणसभा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्कुलर गरेको छ । रास्वपाले १६ मंसिरमा हुने उपनिर्वाचनमा २७ स्थानमा उम्मेदवार बनाएको छ । उपनिर्वाचन हुने ४४ पदमा १८ स्थानमा रास्वपाले उम्मेदवार बनाएको छैन ।
केन्द्रीय समितिको निर्णय अनुसार ८ र ९ मंसिरमा रास्वपामा उम्मेदवार भएका स्थानहरूमा सरकारको विरोधमा कोण सभा गर्न निर्देशन दिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी संरचनालाई सर्कुलर गर्दै भ्रष्टाचार, बेथिति र प्रतिशोध विरुद्ध आन्दोलन स्वरूप कोण सभा गर्न निर्देशन दिएका हुन् ।