Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निजि विद्यालयका प्रतिनिधि र जनकपुरधाम उपमहानगरबिच वार्ता हुँदै





जनकपुरधाम ।
छात्रवृति सम्बन्धि उपमहानगरले नेवि संघसंग गरेको सम्झौतापछि उत्पन्न विवादको समाधान खोज्न निजि विद्यालयका छाता संगठनहरु र जनकपुरधाम उपमहानगरपालिकाबिच वार्ता हुन लागेको छ ।
निजि विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि निजि विद्यालयका संगठनहरु आन्दोलित भएका थिए भने नेवि संघ समेत सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उतरिएका थिए । निजि विद्यालय तथा विद्यार्थीहरुको आन्दोलनका कारण विद्यालयमा पठनपाठन बन्द भएपछि उपमहानगरले निजि विद्यालयका संगठनहरुलाई वार्तामा बोलाएको छ ।
निजि विद्यालयका संगठनहरु हिसान, प्याब्सन, एनप्याब्सन तथा मधेस प्याब्सनलाई उपमहानगरले पत्र लेखेर वार्ताकालागि बोलाएको जानकारी प्याब्सनका दीपक ठाकुरले जानकारी दिए । उनले भने ‘आज २ बजे हामीलाई वार्ताकालागि बोलाइएको हो, हामी हाम्रो एजेण्डासहित वार्तामा सहभागी हुन लागेका हौँ ।’
छात्रवृति सम्बन्धि नेवि संघसंग गरिएको सम्झौता फिर्ता, उपमहानगरले आफ्नै छात्रवृति सम्बन्धि कार्यविधि तथा सामुदायिक विद्यालय तथा निजि विद्यालयसंग उपमहानगरले समान व्यवहार गर्नुपर्ने लगायतको एजेण्डासहित आफूहरु वार्तामा सहभागी हुन लागेको हिसान धनुषाका अध्यक्ष संजीव ठाकुरले जानकारी दिए ।