Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रीपरिषद बैठक बस्दै





काठमाडौं ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । आज बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बुझिएको छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तयारी रहेको छ ।