Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विवाहको २९ वर्षपछि एआर रहमान पत्नी सायरासंग गरे सम्बन्ध विच्छेद





एजेन्सी ।
अस्कर अवार्ड विजेता भारतीय संगीतकार एआर रहमान र उनकी श्रीमती सायरा बानो करिब तीन दशकको वैवाहिक जीवनपछि अलग हुँदैछन् । साइराकी वकिल वन्दना शाहले विज्ञप्ति जारी गर्दै दम्पतीको सम्बन्धविच्छेदको घोषणा गर्दै गोपनीयताको माग गरेकी छिन् ।
यसको केही समयपछि एआर रहमानले पनि सामाजिक सञ्जालमा एक भावुक नोट शेयर गरेर यसको पुष्टि गरेका छन् । ‘विवाहको धेरै वर्षपछि श्रीमती सायरा र उनका पति एआर रहमानले एकअर्काबाट अलग हुने कठिन निर्णय लिएका छन् । यो निर्णय उनीहरूको सम्बन्धमा महत्वपूर्ण भावनात्मक तनावपछि आएको हो’ विज्ञप्तिमा भनिएको छ ।
‘एकअर्काको लागि गहिरो प्रेमको बाबजुद दम्पतीले तनाव र कठिनाइहरूले उनीहरूको बीचमा खाडल सिर्जना गरेको छ जुन यस समयमा पुर्न सक्षम छैन भन्ने पत्ता लगाए’ विज्ञप्तिमा भनिएको छ । वकिलको भनाइ बाहिर आएपछि एआर रहमानले सामाजिक सञ्जालमा डिभोर्सको घोषणा पनि गरेका छन् ।
रहमान लेख्छन्, ‘यस्तो देखिन्छ कि सबै कुराको अन्त्य नदेखिने ढंगले हुन्छ । भाँचिएको हृदयको बोझले परमेश्वरको सिंहासन पनि काँप्न सक्छ । यद्यपि, यो अवस्थामा टुक्राहरुले आफ्नो स्थान नपाएपनि हामीले अर्थको खोजी गर्छौँ । साथीहरू, यो महत्वपूर्ण समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुभएकोमा धन्यवाद ।’
२७ वर्षको उमेरमा एआर रहमानले १२ मार्च १९९५ मा सायरासँग विवाह गरेका थिए । सायरा त्यतिबेला २१ वर्षकी थिइन् । यो एआर रहमानकी आमाले संयाजन गरेको विवाह थियो । दुवैका दुई छोरी खतिजा, रहिमा र एक छोरा अमिन छन् ।