Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते





काठमाडौं ।
सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु वानेश्वरतर्फ जानै लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा तीनजना घाइते भएका छन् । एकजनाको टाउको फुटेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । गठ्ठाघर चोक, चावाहिल चोक, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट सहकारी पीडितहरुले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए ।
माइतीघरमा भेला भएका पीडितहरुले आफनो रकम डुबेको सरकारीविरुद्ध ब्यानर , प्लेकार्ड बोकेका थिए । उनीहरुले सहकारीको पैसा फिर्ता र मंहगी अन्यतको माग गरेका छन् ।