Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुकुर





नयाँ दिल्ली ।

भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचारमा उल्लेख छ। गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर हुन्। बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा अघि नै २२ बिघाको सो जमिन देखिन्छ ।

यो जग्गाको अनुमानित लागत ५ करोड भारु रहेको छ । सो जग्गा कुकुरहरुकै लागी प्रयोग गरिने र सो स्थानलाई कुतरिया भनिने स्थानीय गमेरभाइले बताए।

२२ बिघा जमिन नै कुकुरको नाममा भएकोले कुकुरलाई निकै धनी मानिन्छ। पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका स्थानीय बताउँछन्। गाउँमा रहेको सो जमिनमा खेती गरिने र त्यहाँबाट आएको आम्दानीले कुकुरलाई खर्च गर्न गरिन्छ।

गाउँमा पालैपालो गरेर दैनिक १० किलो बाजराको रोटी पकाइन्छ। दैनिक ४०० रोटी पाक्ने गरेको स्थानीयले बताए। प्रत्येक घरको पालो एक वर्षमा एकपटक मात्र आउँछ।