Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्र बैंकसंग २० खर्ब ६७ अर्बको सम्पति





काठमाडौँ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको सम्पत्ति ३०.१५ प्रतिशतले बढेको छ । वार्षिक प्रतिवेदनअनुसार २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको छ । असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानीको अंश ८९.२३ प्रतिशत छ । यसमा गोल्ड सर्टिफिकेटसमेत जोडिएको छ । त्यस्तै ६.३७ प्रतिशत नगद तथा नगद तथा बैंक मौज्दात र अन्य सम्पत्तिको अंश ४.४१ प्रतिशत छ ।
अघिल्लो आवको तुलनामा गत आव २०८०.८१ मा राष्ट्र बैंकले ३७.८० प्रतिशतले लगानी वृद्धि गरेको छ । यसअनुसार गत असारसम्म राष्ट्र बैंकले १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । राष्ट्र बैंकसँग गत असारमा १ खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ नगद तथा बैंक मौज्दात छ ।
आर्थिक वर्ष २०८०–८१ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा १९.९० प्रतिशतले वृद्धि भई ८० अर्ब २४ करोड ४७ लाख कायम भएको छ । सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८.८४ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.३२ प्रतिशत ऋणात्मक र अन्य संचालन आम्दानीको अंश १.४८ प्रतिशत रहेको छ ।