Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय विदेशमन्त्री जयशंकरले भेटे चिनियाँ समकक्षी





एजेन्सी ।
भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई विदेशमन्त्रीबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ ।
वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सलाई उद्धृत गर्दै बीबीसीमा उल्लेख भएअनुसार उनीहरूले दुई देशबीचको सिधा उडान पुनःस्थापना गर्नेदेखि भिसाको सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायतका धेरै विषयमा कुराकानी गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले केही समयअघि दुई देशबीच एलएसीमा सेनाको गस्तीसम्बन्धी विषयमा पनि सम्झौता भएको बताएको थियो जसलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको थियो ।
त्यसको केही दिनपछि रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।
उक्त भेटमा भएको छलफलमा एलएसीबाट सेना फिर्ता गर्ने र सन् २०२० मा सुरु भएको विवाद समाधान गर्न दुई प्रधानमन्त्रीबीच भएको सहमतिलाई भारतीय विदेश मन्त्रालयले स्वागत गरेको प्रतिक्रिया दिएको थियो ।