Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पहिलो चौमासिकमा मधेस सरकारको खर्च २.७ प्रतिशत

पूजिगत १ प्रतिशत पनि खर्च भएन





जनकपुरधाम ।
मधेस प्रदेश सरकार बजेट कार्यान्वयनमा चुक्दै गइरहेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चार महिनामा सरकारले २.७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म ४१ अर्ब ९३ करोड रुपैयाँको कुल बजेटमध्ये १ अर्ब १५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालुतर्फ ७.२० प्रतिशत र पुँजीगततर्फ ०.१७ प्रतिशत मात्र बजेट खर्च हुनुले विकास निर्माणका लागि सरकारले चासो नदेखाएको प्रस्टै हुन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३.९५ प्रतिशत, अर्थ मन्त्रालयले १०.६४ प्रतिशत, र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले ०.९६ प्रतिशत बजेट मात्र खर्च गरेका छन् । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २.८६ प्रतिशत, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले १.४६ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले २.८८ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ८.२४ प्रतिशत र प्रदेशसभाले १६.१८ प्रतिशत मात्रै खर्च गरेको पाइएको छ ।