Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आन्दोलनलाई निरन्तरता दिने निजि विद्यालयका संगठनहरुको निर्णय





जनकपुरधाम ।
निजि विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी(नेवि) संघबिच भएको सम्झौता बिरुद्ध शुरु गरेको आन्दोलनलाई निरन्तरता दिने गरेको छ ।
निजि विद्यालयका संगठनहरुको आज बसेको बैठकबाट आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । उपमहानगरले निजि विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि निजि विद्यालयका संगठनहरु आन्दोलित भएका हुन् ।
निजि विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, मधेस प्याब्सन तथा हिसानको संयुक्त बैठकबाट कक्षा ११ तथा कक्षा १२को विद्यार्थीहरुको छात्रवृति सम्बन्धि समस्या समाधान वार्ताको माध्यमबाट खोज्ने निर्णय समेत गरेको छ । यसका साथै उपमहानगरलाई छात्रवृति सम्बन्धि आफ्नै कार्यविधि निर्माण गर्नका लागि दवाब बनाउने निर्णय समेत गरिएको हो ।
विद्यालय संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच कक्षा ११ र १२ का छात्रवृत्तिका सम्बन्धमा भएको सम्झौतामा सुधारको माग गर्दै पत्राचार गरे पनि बेवास्ता गरिएकाले आन्दोलित हुनु परेको जनाइएको छ ।