

एजेन्सी ।
श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्यालाई नियुक्त गरिएको छ । यो पदमा पुग्ने उनी श्रीलङ्काकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलङ्कामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री बनेकी थिइन् ।
प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेका थिए । श्रीलङ्कामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा सभापति अनुराकुमार दिसानायकेको गठबन्धन नेकपा विजयी भएको थियो । सरकारले सोमबार नयाँ मन्त्रिपरिषद् गठन गरेको छ ।
राष्ट्रपति सचिवालयमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रिपरिषद्का सदस्यहरूलाई शपथ गराएकी हुन् । यस मन्त्रिपरिषद्मा राष्ट्रपतिसहित २२ सदस्य छन् । मन्त्रिपरिषद्मा २ महिला र २ तमिल सांसद पनि परेका छन् । श्रीलङ्काको संविधानअनुसार क्याबिनेट मन्त्रीको सङ्ख्या ३० र उपमन्त्रीको सङ्ख्या ४० भन्दा बढी हुन पाइँदैन । दिसानायकेले सरकारको खर्च घटाउन मन्त्रिपरिषद् सानो राखेका छन् ।
अमरसूर्या श्रीलङ्कामा प्रधानमन्त्री हुने तेस्रो महिला हुन् । उनीअघि सिरीमाओ बन्दरनायके (३ पटक) र चन्द्रिका कुमारतुंगा (१ पटक) देशका महिला प्रधानमन्त्री भइसकेका छन् । सन् २०२० मा हरिणी अमरसूर्या पहिलो पटक सांसद बनेकी थिइन् ।राजनीतिमा आउनुअघि अमरसूर्या श्रीलङ्का ओपन युनिभर्सिटीमा प्राध्यापक थिइन् ।
