Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामका नीजि विद्यालयहरु आज दोस्रो दिन पनि बन्द





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालनमा रहेका सम्पूर्ण निजी विद्यालयहरु आज दोस्रो दिन बन्द रहेको छ । हिसान, प्याबसन र एनप्याबसनले संयुक्त रूपमा जनकपुरधामका विद्यालयहरु अनिश्चितकालिन बन्द गर्न गरेको निर्णय अनुसार आज दोस्रो दिन पनि यहाँका विद्यालयहरु बन्द रहेको छ ।
विद्यालय संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघबीच कक्षा ११ र १२ का छात्रवृत्तिका सम्बन्धमा भएको सम्झौतामा सुधारको माग गर्दै पत्राचार गरे पनि बेवास्ता गरिएको भन्दै यो कदम चालिएको जनाएको छ । छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन नपाइने व्यवस्था छ । तर, उपमहानगरपालिकाले २०८१ साल कात्तिक १४मा फरक किसिमको निर्णय गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गरिए पनि कुनै पहल नभएको संगठनहरुले दाबी गरेका छन् ।
हिसान, प्याबसन र एनप्याबसनले यसअघि पत्रकार सम्मेलन गर्दै विद्यालय भर्ना शुल्क निर्धारण र छात्रवृत्ति व्यवस्थापन सम्बन्धी उपमहानगरपालिकाको निर्णयप्रति कडा असहमति जनाएको थियो ।