Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तह उपनिर्वाचन उम्मेदवारः महिला १६ प्रतिशत, स्वतन्त्र ३० प्रतिशत





काठमाडौँ ।
स्थानीय तह उपनिर्वाचनका लागि ४ सय ७ जनाको उम्मेदवारी परेको छ । यही मंसिर १६ गते ४४ पदकालागि हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन दर्ता गरिएको थियो ।
दुई जिल्ला विकास समन्वय समिति प्रमुखबाहेक ४२ पदमा ४सय ७ उम्मेदवारको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक गरी आठ पदका लागि ८४ उम्मेदवार परेका छन् । जसमध्ये महिला ३५, पुरुष ४८ र अन्य एक गरी ८४ जनाको उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । वडाध्यक्षको ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र अन्य एक गरी ३२३ जनाको उम्मेदवारी परेको उनले बताइन् ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उप्रमुख र वडाध्यक्ष गरी ४२ पदका लागि ४०७ उम्मेदवारले मनोनयन दर्ता गरे । जसमध्ये महिलाको उम्मेदवारको संख्या ६४ रहेको छ । यो कुल उम्मेदवारको १५.७३ प्रतिशत हो । यसैगरी, ४०७ जना उम्मेदवारमध्ये २८६ जना राजनीतिक दलबाट उम्मेदवारी दर्ता भएको छ । साथै ४०७ मध्ये १२१ स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो । यो कुल उम्मेदवारको २९.७३ प्रतिशत हो ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पद र अझाङको सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३÷३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।