Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमत पार्टीका सांसद सापकोटालाई कारबाही गरेको सूचना टाँस गर्ने तयारीमा सभामुख !





काठमाडौँ ।
जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भन्दै २०८० फागुन २७ मा पत्राचार गरेको थियो । सभामुख देवराज घिमिरेलाई पत्र पठाएर पार्टीले सापकोटालाई पदबाट हटाउने विषयमा जानकारी गराएको थियो ।
तर, हालसम्म पार्टीको सिफारिस बमोजिम सापकोटालाई सांसद पदबाट सभामुखले निलम्बन गरेका छैनन् । यो बिचमा सापकोटालाई कारबाही गर्न भन्दै जनमतले ४ पटक पत्र पठाएको छ । जनमत पार्टीले पठाएका पत्रमाथिको सुनुवाइ हालसम्म भएको छैन ।
जनमत पार्टी संसदीय दलका उपनेता तथा पार्टी उपाध्यक्ष अब्दुल खानले पनि पार्टीले सांसद सापकोटालाई अनुशासनको कारबाही गरेको जानकारी दिए ।
‘पार्टीले अनुशासनको कारबाही गर्न सक्छ । हामीले सबै डिटेल खुलाएर पत्र सभामुख समक्ष पठाएका छौँ । हामीले कानुन अनुसार सबै रित पुराएर कारबाही मात्र गरेका हौँ । सबै प्रक्रिया बारे जानकारी गराए पत्र पठाएका हौँ‚’ उनले भने ।
सभामुख घिमिरे काठमाडौँ बाहिर भएको कारणले सूचना टाँसमा समय लागेको भन्दै उनले सभामुख घिमिरे काठमाडौँ आएपश्चात् कारबाहीको सूचना टाँस हुने जानकारी आफूहरूलाई आएको बताए ।
‘सभामुख बाहिर जानुभएको छ । उहाँ काठमाडौँ आएपछि सूचना टाँस गर्ने जानकारी सभामुखज्यूको सचिवालयबाट आएको छ‚’ उनले भने‚ ‘सूचना सदन सुचारु भएपछि त्यहाँ पनि जानकारी गराउनुहुन्छ । उहाँ प्रक्रियामा जानुहुन्छ भन्ने सूचना उहाँको सचिवालयबाट आएको छ ।’
पहिलोपटक फागुनमा पत्र पठाएपश्चात् ८ महिनाको अवधिमा सांसद सापकोटालाई हटाइदिन भन्दै ४ पटक पार्टीले सभामुखलाई पत्राचार गरेको छ । तर‚ सभामुखले उचित सुनुवाइ नगरिदिएको भन्दै पार्टी अध्यक्ष सीके राउत सभामुखलाई भेट्न कानुन व्यवसायीसहित पुगेका थिए ।
जनमत पार्टीले दोस्रो पटक साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको सूचनासहित संसदीय दलको कार्यालयबाट २०८० चैत १ पत्र पठायो । यस्तै सांसद सापकोटालाई पार्टीले कारबाही गरेकाले त्यसअनुसार सूचना टाँस गरिदिन सभामुख घिमिरेलाई आग्रह गर्दै २०८१ भदौ २७ मा तेस्रो पत्र पार्टीले पठाएको थियो ।
चौथो पत्र भने २०८१ कार्तिक २७ गते पार्टीले संसद् सचिवालयमा पु¥याएको छ । जसमा सांसद सापकोटालाई कारबाहीको सूचना टाँस गर्न माग गरिएको छ ।