Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थमन विक हत्या प्रकरणमा आरोपी देवेन्द्र चौधरी जलेश्वरबाट पक्राउ

रा.वि.म कलेजको प्राङ्गणबाटै प्रहरीले हिरासतमा लियो





जनकपुरधाम ।
असई थमन विक हत्या प्रकरणमा महोत्तरी प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । थमन विक हत्या प्रकरणमा पक्राउ पर्नेमा देवेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए । चौधरीलाई जलेश्वरस्थित रा.वि.म. कलेजको प्राङ्गणबाटै पक्राउ गरिएको हो ।
मधेश आन्दोलनको समयमा २०७२ भदौ २५ गते आन्दोलनकारीको आक्रमणमा परी विकको मृत्यु भएको थियो । मधेस आन्दोलनको समयमा २०७२ सालमा सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए । विकलाई उपचारकालागि जनकपुरधाम ल्याउने क्रममा महोत्तरी गाउँपालिकास्थित सनोखरा गाउँ नजिकै एम्बुलेन्समै आन्दोलनकारीले आक्रमण गर्दा असई विकको मृत्यु भएको थियो ।
सोही वर्ष फागुन २७ गते जिल्ला अदालतले २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते विक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)का प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसला संगै लोसपाका नेता शर्मा सम्पर्कविहिन रहँदै आईरहेका छन् ।
यस अतिरिक्त कर्तव्य ज्यान मुद्दामा प्रदेशसभा विकी साह, चन्देश्वर साह, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्र चमार, रञ्जीत साह, देवेन्द्र चौधरी, रमेशप्रसाद साह, सतिन्द्र चौधरी, फुले यादव, राजा चौधरी, रोहितकुमार शर्मा, लालबाबु बिन, शम्भु साह, देवेन्द्र यादव र अनिल ठाकुरको सम्पत्ति रोक्का गर्न आदेश जारी गरिएको थियो ।
एमालेका नेता लक्ष्मी महतो कोइरी र पवन कापडले भने सफाइ पाएका थिए । महतो महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाबाट निर्वाचित सांसद हुन् । सफाइ पाएका महतो र कापडविरुद्ध नेपाल सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय जनकपुरले ९ वैशाख २०८१ मा उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेको थियो ।
उक्त मुद्दामा २०८१ जेठ ९ गतेमा उच्च अदालत जनकपुरधामका न्यायाधीश बलभद्र बास्तोला र नरवहादुर खड्काको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । सोही मुद्दामा २०८१ जेठ २० गतेमा महतो र २०८१ जेठ ३१मा कापड उच्च अदालत जनकपुरधाममा हाजिर भई सधारण तारेखमा बसि रहेका छन् ।