Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व मुख्यसचिव अर्यालले दिए राजिनामा





काठमाडौँ ।
नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका अर्यालले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।
आइतबार मात्र उनी राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए । केहीबेर त्यहाँका कर्मचारीसँग भलाकुसरी गरेर निस्किएका थिए । उनले योजना आयोगमै बुझाएको राजीनामाको निवेदन सनाखत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरिएको छ ।
राजीनामा स्वीकृत हुन भने बाँकी रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले बताएका छन् ।
मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए । ३८ करोड घोटाला भएको भनिएको उक्त प्रकरणका ११ अभियुक्तमध्ये अर्याल नै सबैभन्दा उपल्ला अधिकारी थिए ।
अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्ट १० असारमा मन्त्रिपरिषद बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै उनलाई सरुवा गरेको थियो । गत कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।