Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाधाम वडा १को वडाध्यक्षकालागि २१ जनाको उम्मेदवारी





जनकपुरधाम ।
स्थानीय तह उपनिर्वाचनकालागि धनुषाधाम नगरपालिका वडा नम्बर १को वडाध्यक्षकालागि २१ ज्नाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका वडाध्यक्ष पदका लागि १२ राजनीतिक दलका उम्मेदवारसहित २१ जनाको उम्मेदवारी परेको हो ।
मधेश प्रदेशका विभिन्न जिल्लामा सात वडा अध्यक्ष पदका लागि यहीँ मंसिर १६ गते निर्वाचन हुँदैछ ।
जिल्ला समन्वय समिति प्रमुखमा १, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगर प्रमुख, उपप्रमुखमा ८ र वडा अध्यक्षमा ३४ गरी ४३ पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ । यसका लागि ४०७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ओखलढुङ्गा जिल्ला समन्वय समिति प्रमुख पदमा आइतबारै नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।