Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सडक दुर्घटना बढेपछि गृहले बोलायो सर्वपक्षीय बैठक





काठमाडौँ ।
सडक दुर्घटना दिनदिनै बढ्न थालेपछि गृह मन्त्रालयले सरोकारबला पक्षलाई छलफलका लागि बोलाएको छ ।
प्रतिकुल मौसम नभएको र सडकको अवस्था सामान्य हुँदा पनि एकपछि अर्को दुर्घटना भएपछि न्यूनीकरणका लागि चाल्नुपर्ने उपायका सम्बन्धमा छलफल गर्न आइतबार बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ । छलफलमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र मजदुर समेतलाई बोलाइएको छ ।
अहिले यातायात व्यवसायीहरूले लामो तथा मध्यम दूरीका रुटहरूमा टिकटबिना यात्रा गर्नै नपाउने व्यवस्था गर्न माग गर्दै आएका छन् । पहाडी क्षेत्रमा बोलेरो लगायत ढुवानीका साधनमा यात्रु ओसार्ने प्रवृत्ति तथा क्षमताभन्दा धेरै यात्रु र सामान राख्दा समस्या भइरहेको उनीहरूको भनाइ छ ।