

जनकपुरधाम ।
मोडेल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले शिक्षाले नै राष्ट्रको बहुमुखी रूपान्तरणका लागि आवश्यक स्वावलम्बी, प्रतिस्पर्धी, प्रवर्तनात्मक र मूल्य उन्मुख नागरिकको विकासमा योगदान पु¥याउँछ र यी सबै कुराको सुरुआत भने विद्यालयबाट हुन्छ भन्न सकिन्छ बताउनुभयो ।
मोडेल कलेजका विविए पहिलो सेमेष्टर, विविएस पहिलो सेमेष्टर, विसिए पहिलो सेमेष्टर को विद्यार्थीहरुको स्वागत कार्यक्रम गरिएको छ भने सोही समारोहमा विसिए आठो सेमेष्टर पहिलो ब्याचलाई बिदाइ गरिएको छ ।
सो अवसरमा कलेजका संस्थापक साहले भन्नुभयो – विद्यालय नागरिकलाई शिक्षा प्रदान गर्ने थलो हुन् । नागरिकलाई शिक्षित मात्रै होइन, सभ्य, सुसंस्कृत र मूल्य बोधी बनाउने स्थान पनि विद्यालय नै हुन । एक प्रकारले भन्दा जैविक रूपमा जन्मिएको बच्चालाई सामाजिक र वैचारिक प्राणी बनाउने कार्य पनि विद्यालयले नै गर्छन् ।
एउटा अर्को प्रसंगमा उहाँले भन्नुभयो मोडेलमा पढाइ सकिसकेका विद्यार्थीलाई यहाँबाट विदाइ होइन मोडेल दूत बनाएर पठाएछु यहाँका विद्यार्थीहरु समाजको परिवर्तन गर्न योगदान दिनेछन् । राम्रा विद्यालयका धेरै आयाम हुन्छन् । राम्रो हुनु र नहुनु आफैमा निरपेक्ष विषय होइन तथापि विद्यालय राम्रा हुन केही आधारभूत मानक वा आयाम हुनै पर्छ यसका लागि हामी सधै सचेत रहन्छु उहाँको कथन थियो ।
देशका अधिकांश बैंकमा मोडेलका विद्यार्थी कार्यरत छन् । देशका अधिकांश प्रमुख कार्यालयमा मोडेलको विद्यार्थीलाई भेटन सकिन्छ । हाम्रा विद्यार्थीहरु जहाँ गएका छन् त्यहाँ झण्डा गाडेका छन् यो हाम्रा लागि गौरवको कुरो रहेको छ । विदेशमा पनि आफनो छबी बनाएका छन् उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा कलेजका शिक्षकहरु संजय मिश्र, आशाराम साह, पप्पु साह, रविरोशन, सोमनाथ भट्टराइ, रेमन्त मरवैता, अजय यादव, शम्भु पोखरेल, मोडेल खबरका सम्पादक सुजीतकुमार झा, विद्यार्थी धनेश्वर यादव लगायतले बोल्नु भएको थियो । कार्यक्रमका सञ्चालन प्रदीप लालले गरेका थिए ।
शिक्षकहरुलाई सो अवसरमा विद्यार्थीहरुले सम्मान समेत गरेकोे छ । विद्यार्थीहरुले समारोहमा गीत गाउनुका साथै नृत्य समेत प्रस्तुत गरेका थिए ।




