

जनकपुरधाम ।
वीरगंज उद्योग वाणिज्य संघले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने भएको छ ।
संघका पदाधिकारीहरूका अनुसार मुख्यमन्त्री सिंहलाई एक कार्यक्रमका लागि निमन्त्रणा गर्न खोज्दा उनले समय दिन अस्वीकार गरेपछि संघले उनलाई बहिष्कार गर्ने निर्णय गरेको हो । संघले मुख्यमन्त्री सिंहलाई कार्यक्रमका लागि समय दिन आग्रह गर्दा उनले ‘पहिले मसँग सल्लाह गरेर मात्रै समय निर्धारण गर्नुहोला । मलाई पूर्व मुख्यमन्त्री लालबाबु राउत नसोच्नुहोला,” भन्ने जवाफ दिएको संघका पदाधिकारीहरूले बताए । मुख्यमन्त्री सिंहको यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संघले आगामी कुनै पनि कार्यक्रमका लागि उनलाई नबोलाउने अठोट लिएको छ ।
