Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिआरसीको आयोगका पदाधिकारीकालागि ७७ जनाले दिए आवेदन





काठमाडौं ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार शुक्रबार बेलुकीसम्म ७७ जनाको आवेदन दर्ता भएको छ । कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन् । स्रोतका अनुसार अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन् । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।
२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले कात्तिक २३मा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद सात दिनको भए पनि पछि पाँच दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म छ ।
म्याद अझै बाँकी रहेकाले आवेदकको संख्या बढ्न सक्ने अनुमान छ । मंसिर ४ गतेपछि आवेदककोे संक्षिप्त सूची सार्वजनिक गरिने छ । त्यसपछि उनीहरुको कार्ययोजनासमेतको मूल्यांकनको आधारमा समितिले नियुक्तिका लागि नाम सिफारिस गर्दछ । त्यो सिफारिस कानुन मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुग्दछ ।
सिफारिस समिति गठन भएको मितिले दुई महिनाभित्र नाम सिफारिस गरिसक्नुपर्छ । ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति गत कात्तिक दुई गते गठन भएकाले आगामी पुस २ गतेभित्र नाम सिफारिस गरिसक्नुपर्ने छ ।