Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायली प्रधानमन्त्री नेतान्याहूको घरमा दोस्रो आक्रमण





एजेन्सी ।
इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूको घरलाई लक्षित गर्दै आगोको गोला प्रहार भएको हो । उक्त गोला नेतान्याहूको घरको आँगनमा खसेको छ । त्यहाँको प्रहरीले घटनाको पुष्टि गरेको छ । आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन । इजरायली सुरक्षा एजेन्सी शिन बेटका अनुसार घटनाबाट कुनै नोक्सानी पुगेको जानकारी प्राप्त भएको छैन ।
हमलाको बेलामा घरमा नेतान्याहू र उनको परिवार थिएन । यसअघि १९ अक्टोबरमा नेतान्याहूको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यतिबेला एक ड्रोन नेतान्याहूको घर नजिकै खसेको थियो । उक्त हमलामा पनि कोही हताहत नभए पनि नेतान्याहू र उनकी पत्नी सारा घरमै थिए ।
इजरायलका सबै राजनीतिक दलहरूले घटनाको निन्दा गरेको टाइम्स अफ इजरायलले जनाएको छ । विपक्षी नेताहरू यायर ल्यापिड र बेनी गेंट्जले दोषीमाथि कारबाहीको माग गरेका छन् । इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा आक्रमणकारीले हद पार गरेको भन्दै सुरक्षा निकायहरूलाई तत्काल अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन् । येरुशलम पोस्टका अनुसार इजरायलमा लामो दूरीका मिसाइल हमला निष्क्रिय बनाउन सफलता मिले पनि छोटो दूरीका आक्रमणहरू पक्रन भने त्यहाँको सुरक्षा प्रणाली सफल देखिएको छैन ।
पछिल्लोपटक नेतान्याहूको घरमा ड्रोन हमला हुँदा त्यसलाई असफल बनाउन चार लडाकु विमान र एक मिसाइल नै छाड्नुपरेको थियो । ड्रोन निकै कम उचाइमा उड्ने भएकोले यसलाई आक्रमण गर्दा थप क्षति हुने जोखिम हुन्छ ।