Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चीनमा एक युवकको चक्कु प्रहारबाट ८ जनाको मृत्यु





एजेन्सी ।
पूर्वी चीनमा एक युवकले चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सिन्हुवा समाचार एजेन्सीका अनुसार चियाङ्गसु प्रान्तको यिक्सिङ शहरस्थित उसी भोकेस्नल इन्सटिच्युट आफ आर्टस् एण्ड टेक्नोलोली कलेज परिसरमा २१ वर्षीय युवकले चक्कु प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।
उनले आफ्नो अपराध स्वीकार समेत गरिसकेका छन् । प्रहरीका अनुसार उनी स्नातक तहको परीक्षामा फेल भएका थिए । त्यसैले इन्टर्नसिपको क्रममा कम पारिश्रमिक पाउने हुँदा उनी रिसाएका थिए । त्यही कारण उनले आक्रमण गरेको प्रारम्भिक अनुसन्धाबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
चीनमा १२ नोभेम्बरको दिन झुहाई शहरमा एक व्यक्तिले मानिसहरुको भिडमाथि कार कुदाउँदा ३५ जनाको मृत्यु भएको थियो ।