विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी सम्पन्न, अमलेश कापर प्रथम





जनकपुरधाम ।
मैथिली विकास कोषको आयोजनामा एक दिवसीय कथा गोष्ठी सम्पन्न भएको छ । विद्यार्थी केन्द्रित सो गोष्ठीमा अमलेश कापर प्रथम, प्रेरणा तिवारी द्वितिय र अजय कामती तृतीय भएका छन् ।
प्रत्येक महिनाको पहिलो शनिवार हुने सो गोष्ठीका विजेतालाई कोषका अध्यक्ष जीवनाथ चौधरी, कोषका सदस्य रामचन्द्र दासले पुरस्कार वितरण गरेका छन् ।
सो कथा गोष्ठीमा आकृति महासेठ, प्रेरणा तिवारी, अविशेष कापर, कुशल झा, अजित तिवारी, आनन्द साह, हर्षनारायण, अभिराज साह, राजु मिश्रा, सुजीत कुमार झाले कथा बाचन गरेका थिए ।
हर्षनारायणको अध्यक्षतामा भएको सो समारोहमा कोषका सदस्य रामचन्द्र दास, कार्यक्रम संयोजक सुजीत कुमार झा, शिवराम झा ‘गुड्डु’ ले कथा लेखनको सम्बन्धमा आफना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन आरती झाले गरेकी थिइन ।