Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी सम्पन्न, अमलेश कापर प्रथम





जनकपुरधाम ।
मैथिली विकास कोषको आयोजनामा एक दिवसीय कथा गोष्ठी सम्पन्न भएको छ । विद्यार्थी केन्द्रित सो गोष्ठीमा अमलेश कापर प्रथम, प्रेरणा तिवारी द्वितिय र अजय कामती तृतीय भएका छन् ।
प्रत्येक महिनाको पहिलो शनिवार हुने सो गोष्ठीका विजेतालाई कोषका अध्यक्ष जीवनाथ चौधरी, कोषका सदस्य रामचन्द्र दासले पुरस्कार वितरण गरेका छन् ।
सो कथा गोष्ठीमा आकृति महासेठ, प्रेरणा तिवारी, अविशेष कापर, कुशल झा, अजित तिवारी, आनन्द साह, हर्षनारायण, अभिराज साह, राजु मिश्रा, सुजीत कुमार झाले कथा बाचन गरेका थिए ।
हर्षनारायणको अध्यक्षतामा भएको सो समारोहमा कोषका सदस्य रामचन्द्र दास, कार्यक्रम संयोजक सुजीत कुमार झा, शिवराम झा ‘गुड्डु’ ले कथा लेखनको सम्बन्धमा आफना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन आरती झाले गरेकी थिइन ।