Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारीमा





काठमाडौँ ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्नेगरी छलफलमा जुटेका छन् । एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र नेकपा एस मिलेर जान तयार भएका छन् ।
४४ स्थानमा हुन लागेको उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध घटकहरुबीच मिलेर जाने प्रयास भएको हो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आवश्यकता अनुसार मिलेर जाने भएकाले अहिलेसम्म पार्टीले सबै ठाउँमा उम्मेदवार नटुंग्याएको बताए ।
उनले भने, ‘हामीले अहिले केही ठाउँमा मात्रै उम्मेदवार टुंग्याएका छौं । अरु ठाउँबाट पनि नाम आउँदैन । समाजवादी मोर्चामा आबद्ध दलहरुबीच मिलेर जानुपर्छ भनेर प्राथमिकता राखेका छौं । कुनै ठाउँमा सरकार विपक्षी दलहरुसँग तालमेल हुनसक्छ ।’
नेकपा एसले कीर्तिपूरको ४ को वडाध्यक्ष मात्रै टुंगाएको छ । मेयरमा भने माओवादीलाई सघाएर जाने भन्ने छलफल चलिरहेको भएपनि अहिलेसम्म नटुंगिएको बताए ।
दुई ठूला दल कांग्रेस एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीका बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपनि माओवादीले पनि नेकपा एससहित मोर्चामा आबद्ध दलहरुसँग सहकार्य गर्न लागेको हो ।
समाजवादी मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् । प्रचण्डसँग असन्तुष्ट भएर मोर्चामा निष्क्रिय भएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि चुनावी मोर्चामा जोड्ने गरी छलफल चलाइएको छ ।