Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सेक्रेटरी बन्दै क्यारोलिन





एजेन्सी ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनाउने घोषणा गरेका छन् । ट्रम्पको चुनावी अभियानकी प्रवक्ताका रूपमा काम गरेकी २७ वर्षीया क्यारोलिन अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी प्रेस सेक्रेटरी बन्ने भएकी हुन् ।
ट्रम्पको पहिलो कार्यकालमा पनि उनले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन् । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै अमेरिकी जनतालाई आफ्नो सन्देश प्रवाह गर्नका लागि क्यारोलिन सफल हुने आशा व्यक्त गरे । ‘क्यारोलिन स्मार्ट र सशक्त छिन् । उनले आफूलाई प्रभावकारी सञ्चारकका रूपमा प्रमाणित गरिसकेकी छन्,’ ट्रम्पले भनेका छन् ।
न्यु ह्याम्पसायरकी क्यारोलिनले आफ्नो गृह राज्यमा रहेको सेन्ट एनसेलम कलेजमा सञ्चार र राजनीतिशास्त्र अध्ययन गरेकी छन् । उनले फक्स न्युज र ट्रम्पको ह्वाइट हाउस प्रेस अफिसमा प्रशिक्षार्थीका रूपमा काम गरेकी छन् ।