Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सबैभन्दा बढी कर नेपाल टेलिकमले बुझायो





काठमाडौं ।
आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।
यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।
विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।
यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।