Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उत्तरप्रदेशस्थित झाँसीको एक अस्पतालमा आगलगी, १० शिशुको मृत्यु





एजेन्सी ।
उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको भीषण आगलागीमा परी १० नवजात शिशुको मृत्यु भएको छ ।
झाँसी जिल्ला मजिस्ट्रेटले १० शिशुको मृत्यु भएको पुष्टि गरेको छ । झाँसीको यो घटनालाई लिएर उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यले आफ्नो ट्विटमा घटनाबारे दुख व्यक्त गर्दै घाइते अरू बालबालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
समाचारअनुसार मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसीयू) मा आगलागी भएको हो । केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनामा थप ३७ जना नवजात शिशु घाइते भएका छन् । १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।