Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सामा चकेवा सम्पन्न, समदाओन गीत गाएर गरियो विदाई





जनकपुरधाम ।
मिथिलाञ्चलको लोक पर्व सामा चकेवा सम्पन्न भएको छ । मिथिलानी चेलीबेटीहरुले कातिक पूर्णिमाका राति समदाओन गीत गाएर सामा चकेवालाई विदाई गरी पर्वको समापन गरिएको हो । छठको खरनाबाट शुरु भएको मिथिलाञ्चलको लोक पर्व सामा चकेवाको समापन कातिक पूर्णिमाको राति जोतिएको खेत तथा पवित्र तलाउमा भसाएर (बिसर्जन) गरेर समापन गरिएको हो ।
पूर्णिमाकै राति बहिनीहरु आफ्ना भाइ तथा दाइलाई निमन्त्रण दिए । भाईले घुँडामा राखेर सामा चकेवा लगायतका प्रतिमाहरु तोडेका थिए । तोडिएका मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिएको थियो । बहिनीले भने भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराएका थिए जसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ ।


सामा चकेवाका मूर्ति माटोले बनाउने भएकोले यसले मैथिल महिलाहरुको मूर्तिकला प्रतिको कौशलको समेत प्रदर्शन गरेको थियो । मिथिलानी चेलीबेटीहरुले माटोबाट कलात्मक वृन्दावन , चुगला , चकेवा , चरा , कजरौटा , सतभैया लगायतका मुर्तिहरु सामा चकेवा पर्वकैलागि बनाएका थिए ।

फोटो- शिवानी मिश्र