Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने





काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रसिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।
क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ । क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ । क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए ।