Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रत्यक्ष रिपोटिगंबाट चुकेको धनुषाको एक स्थान

जहाँ बिहानैदेखि दिनभरी नुहाउने र पूजा गर्नेको भीड़ थियो





सुजीतकुमार झा ।


कमला स्नानसँग जोडिएका सामाचारहरु पहिलापनि सुनेको थिए । धनुषा र सिरहाको सीमा छुट्याउने कमला नदी जनकपुरधामबाट पुग्न केही किलोमिटरको बाटो हुँदा पनि प्रायः जसो टेलिफोनकै भरमा समाचार गर्थे । तर त्यतिले हुँदैन एकचोटी हेरौ के रहेछ ? एकदूई वर्षदेखि कौतुहलता जस्तो लागि रहेको थियो । तर यत्रो भीड हुने स्थानको प्रत्यक्ष रिपोटिगंबाट हामी चुकेको जस्तो अब लागिरहेकोे छ । हजारोको भीड, कोही नहाई रहेका थिए, कोही झारफूक गराई रहेका थिए । यस्तो पनि देखियो पहेलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी लिएर काम्दै थिए । कोही नदीमा डुबुल्की मार्दै थिए । झट्ट हेर्दा कुनै नाटक वा भूतको चलचित्रको सुटिङ् भए जस्तै देखिन्थ्यो ।
कसैले भूत मेला भनिरहेका थिए, तान्त्रिक शक्ति एवं सिद्धी प्राप्तिका मेला कतिले कमला स्नान मेला रहेको समेत भनिरहेको थिए । मधेश प्रदेशका पूर्व राज्यमन्त्री सुरेश मण्डलले केही वर्ष अघि सामाजिक सञ्जालमा लेखेका थिए – काठमाडौले बुझेन तर कमसेकम मधेसी पत्रकारले मधेसको परम्परा र संस्कृति बुझेका छन । उनीहरुले त कार्तिक पूर्णिमा जस्तो लोकपर्व (जल महत्वको पर्व) लाई भुत मेला नभनि दिएको भए हुन्थ्यो । भूत मेला भनेर यो मेलालाई भन्दा उहाँको कडा आपत्ति रहेको छ ।
कातिक शुक्ल पुर्णिमाको अवसरमा प्रत्येक वर्ष कमलामा मेला लाग्ने गर्छन । सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना पुगेका थिए ।
कमला नदी किनारमा तान्त्रिक विद्या सिद्ध गर्न भक्त, धामी र सर्वसाधारणको ठूलो घुइँचो लाग्ने गर्छ । नदीमा धनुषा, सिरहा, महोत्तरी, सप्तरी, उदयपुर र सिमावर्ती भारतको मधुवनी, दरभंगा, सीतामढी लगायत जिल्लाका हजारौ धामी झाँक्री स्नानका लागि कमला पुगेका थिए । यस्तै भीड प्रत्येक वर्ष हुनेगरेको छ धनुषाको शहीदनगर नगरपालिकाका पूर्व मेयर उदयनारायण बरबरियाले बताएका छन् । विहिवार कमला नदीको तटमा पुगेर राति बास बसेको र शुक्रवार बिहानै स्नान गरेको छ । श्रद्धालुले कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको संख्या अत्यधिक रहने गरेको छ ।
धामी झाँक्री बन्ने बिश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको छ ।
मूल धामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास छ । धामी झाँक्री र भूतपिसाचमा अझै विश्वास गर्ने हजारौं सर्वसाधारण कमला नदी पुगेर झारफुक गराएका छन् ।
उहाँहरुको विश्वास छ – पिसाच, मनुष्यदेवा, भूत समातेकोले कमला नदीको तटमा धामी झाँक्रीबाट झारफुक गराएर स्नान गर्दै दान पूण्य गरे पिसाच हट्छ र राम्रा दिनहरु सुरु हुन्छ ।
तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धीका लागि यस दिन पूर्णाहूती दिने चलन छ ।
कमलामा स्नानपछि घर फर्किने बेलामा भक्तजनहरूले गंगाजल जस्तै कमला नदीको पानी आ–आफ्नो घर लैजाने गरेको देखियो । कतिले कमला नदीको बालुवा, ढुंगा, फूल जे पाए त्यही लिएर श्रद्धालुहरू प्रसन्न हुँदै फर्किरहेको देखियो ।
कमला नदी मिथिलाको लागि धेरै नै महत्वपूर्ण नदी रहेको छ । कुनै शुभकार्य गर्दा यसको पानिको प्रयोग गर्ने गरिन्छ । सिन्धुली जिल्लाबाट आउने सो नदी भारतको जयनगर हुँदै गंगामा मिसिने गर्छ । कमला नदीसंग जुडेको मिथिला सयौ लोककथाहरु रहेको छ । मात्रै हास्य कथाकार गोनु झाकै दर्जनो कथा छन् ।
स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । भूत उतार्न महराइ गाउने यता परम्परा रहेको स्थानीय परीक्षण यादवले वताए । पहेंलो धोती र आकर्षक साडी लगाएर दन्किरहेको आगो सहितको ढाकन समातेर कैयौं कोषको बाटो पैदल हिंडेर लोक गीत गाउँदै हजारौं ब्यक्ति कमला नदीको तटमा पुगेको दृश्य हेर्दा विश्वासै लागिरहेको छैन कसरी यत्रो तातो सामान महिला पुरुषहरु उठाई हाल्छन ।
जनकपुरधामका पंकज पण्डितलाई कमला नदीप्रतिको आस्थाले सपरिवार कमला पुर्याएको छ । उहाँ परिवारले विगतमा गरेको भाकल पूरा भएपछि सपरिवार कमला नदीमा स्नानको लागि आएको बताउनुहुन्छ ।
उहाँले नदी तटमा तन्त्र–मन्त्र जपेर झारफुख गर्नेलाई मनग्यै दक्षिणा समेत दिनुभयो । परिवार हराभरा भई राम्रा दिन आएकोले खुशीयाली मनाउन कमला नदीमा स्नान गरी धामी झाँक्रीलाई दान पूण्य गरेको उहाँ बताउनुहुन्छ ।

घटस्थापनादेखि कात्तिक शुक्ल पूर्णिमापूर्व कैयौं पटकको बैठकीपछि सही ठम्याए भएर मात्र कमला स्नान गर्न आउने गरिएको जानकारहरु बताउँछन् । तान्त्रिक विधिअनुसार कुलदेउताबाट सिद्धि प्राप्त गर्दै कमला स्नान गरेपछि सोही व्यक्तिको जिउमा देउता आउने गरेको उनको दाबी छ। स्नान गरेका नयाँ भक्तले कमलाको जलले देउताको गहवर (स्थान) लिप्ने प्रचलन रहेको धामी बताउँछन् ।
घर परिवारका कुनै सदस्यलाई हानि नोक्सानी र भूतप्रेतले छोयो भन्ने जानकारी कमला स्नान गरेकै व्यक्तिमार्फत देउताले दिने तथा रक्षासमेत गर्ने गरेको जनविश्वास रहेको छ ।
यसरी कात्तिक पूर्णिमाका दिन नाच्दै, गाउँदै हिंडेका ब्यक्तिमाथि देउता वा देवी आएको भनिन्छ । धामी झाँक्रीले देवी देवता हटाउन आस्थावानहरुबाट दक्षिणा लिन्छ र मनग्यै कमाउँछन् । स्नान गरेका विवाहित महिला र पुरुषलाई धामी झाँक्रीले प्रसादको रुपमा विभिन्न परिकारहरु दिन्छन र झाँक्रीले भने बमोजिम गर्दा फलिफाप हुने विश्वासले प्रसाद ग्रहण गर्छन् ।
सिकारु धामी–झाँक्रीले कात्र्तिक पूर्णिमाको दिनलाई कमला नदीको तटमा सिद्धि प्राप्त हुने दिनको रुपमा लिएर गाजाबाजसहित कमला छेऊ पुग्छन् । कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा लाग्ने भीड पूर्णिमाको दिन देउता खेलाउँदै कमला स्नानपछि पातलिदै जान्छ । स्थानीयको सक्रियतामा पूर्णिमाको अवसर पारेर देवी देवताको मूर्ति बनाएर पूजा आराधना गरिन्छ ।
मेला भयो भने नटुवा नाँच जस्तै मनोरञ्जन भइ नै हाल्छ स्थानीयहरुले कुस्ती प्रतियोगिता जस्ता कार्यहरुपनि गराइहाले
विज्ञानको युगमा नयाँ–नयाँ अन्वेषण र अनुसन्धानले ल्याएको उपचार पद्धतीले धामी झाँक्रीमाथि विश्वास गर्नेहरुको संख्यामा कमी आएको छ । तर भीड जुन रुपमा देखियो त्यसले अहिलेपनि धामी झाँक्रीको अध्यायलाई समाप्त हुनमा समय लाग्छ जस्तो महसुस भइरहेको छ ।