

काठमाडौं ।
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु ७८ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको हो ।
बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
