Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रीलंकाको चुनावी इतिहासमा पहिलो पटक वामपन्थी दललाई दुई तिहाई बहुमत





एजेन्सी ।
चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ बहुमत सीट जितेको छ ।
राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले ६३ प्रतिशत मतसहित संसदमा एकल बहुमत बनाएको हो । त्यहाँको कम्युनिस्ट पार्टीले प्रतिस्पर्धी गठबन्धन समागी जन बलवेगयालई निकै पछाडि छाडेको अल जजिराले जनाएको छ । २२५ सीट रहेको संसदमा यसअघि कम्युनिस्ट पार्टीको तीन सीट मात्र थियो ।
गत महिना सम्पन्न निर्वाचनमा सो पार्टीका नेता अनुरा कुमाराले कार्यकारी राष्ट्रपति जितेका थिए ।
उनले लोकप्रियताका आधारमा राष्ट्रपति जिते पनि संसदमा ३ सीटबाट बहुमत ल्याउने अनुमान कसैको थिएन । २२५ मध्ये १०७ सीट कम्युनिस्ट पार्टीले जितिसकेको छ । बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो । श्रीलंकाको संसदमा १९६ जना प्रत्यक्ष निर्वाचित हुन्छ्न भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन हुन्छन् ।