Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सामा चकेवा महोत्सव अन्तर्गत सामा चकेवा खेल प्रतियोगिता सम्पन्न

९ टिमले सहभागिता जनाए, मिथिलेश्वर मौवाही प्रथम





जनकपुरधाम ।
सामा चकेवा महोत्सव २०८१ अन्तर्गत सामा चकेवा खेल प्रतियोगिता सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजनामा आयोजित सामा चकेवा खेल प्रतियोगितामा मिथिलेश्वर मौवाहीको सामा चकेवा समूह पहिलो स्थान प्राप्त गरेको छ । ९ वटा समूह सहभागी भएको प्रतियोगितामा मोडर्न नेपाल इंगलिश मिडियम बोर्डिङ्ग स्कुल जनकपुरधाम ७ले दोस्रो स्थान प्राप्त गरेको थियो । त्यस्तै तेस्रो स्थान सखी बहिनपा मैथिलानी समूहले प्राप्त गरेका थिए ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहलाई ११ हजार राशीले पुरस्कृत गरिएको थियो । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समूह ७ हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई ५ हजार राशीबाट पुरस्कृत गरिएको हो ।


सामा चकेवा खेल प्रतियोगितामा ब्रह्मर्षी महिला समाज, जानकी सामा चकेवा समूह, सीता सामा चकेवा समूह, वैदेही सामा चकेवा समूह, जानकी चोक सामा चकेवा समूह र दक्षिणकाली सामा चकेवा समूहले सहभागिता जनाएको थियो । यी समूहहरुलाई पनि २ हजार राशी सहित सम्मान गरिएको थियो ।

फोटोः अलाउदिन साफी