Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निर्मला प्रकरण टुङ्ग्याउन नयाँ शिराबाट अनुसन्धान गर्दै सीआईबी





काठमाडौं ।
निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि प्रहरीले नयाँ प्रक्रियाबाट अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न एक महिना अगाडिबाट नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एवम् एआईजी दीपक थापाको नेतृत्वमा टोली बनाएर अनुसन्धान अघि बढाइएको हो । सीआईबी प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन् ।
बोगटीका अनुसार नयाँ शिराबाट छानबिन र अनुसन्धान अघि बढेको छ । अनुसन्धान टोलीमा एआईजी थापासहित, प्रवक्ता बोगटी र एसएसपी भूपेन्द्र खत्री छन् । बोगटीले भने, ‘हामीले थप अनुसन्धान गरिरहेका छौँ । निचोड निस्किने गरी लागेका छौँ । अहिले सूरु देखिका प्रतिवेदन अध्याय गरिरहेका छौँ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसकेको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो ।
घटनापछि दोषीलाई कारबाही माग गर्दै लामो समय आन्दोलन भयो । त्यही आन्दोलनका कारण पनि प्रहरीको अनुसन्धान प्रभावित भयो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सयभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । तर कुनै निचोड निस्किन सकेन । सरकारले घटनामा संलग्नको अझै पनि पहिचान गर्न सकेको छैन । निर्मलाको परिवारले अपराधी पत्ता लाग्ने आश मारिसकेको अवस्थामा फेरि अनुसन्धान सुरु भएको हो ।
निर्मलाको बलात्कारपछि हत्या प्रकरण सडकदेखि सदनसम्म पुगेको थियो । दोषीलाई कारबाही माग राख्दै भएको आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाए । अहिलेसम्म घटनामा संलग्नको पहिचान नहुँदा पीडित परिवार तनावमा छन् ।
यसैबीच निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा टेलिभिजन अन्तर्वार्तामा सनसनीपूर्ण कुरा बोलेर गोरखाका नवराज अर्याल चर्चामा आएका छन् । उनले सोमबार एक टेलिभिजन कार्यक्रममा निर्मलाको हत्या हुँदा आफूले देखेको बताएका थिए ।
यस प्रकरणमा सीआईबीले प्रस्तोता ऋषि धमलासँग पनि सोधपुछ गरेको छ। अर्यालले विवादित अभिव्यक्ति दिएपछि मंगलबार र बुधबार दुई पटक नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको छ । उनलाई बिहीबार हाजिर जमानीमा छाडिएको छ ।