

एजेन्सी ।
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको भवनबाहिर बुधबार साँझ विस्फोट भएको हो ।
विस्फोटपछि भवनबाहिर एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । तर, उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । विस्फोटपछि सर्वोच्च अदालत खाली गरिएको थियो। ब्राजिलियाका डेपुटी गभर्नरले एक व्यक्तिलाई अदालतमा प्रवेश गर्नबाट रोकिँदा विस्फोट भएको बयान दिएका छन् ।
ब्राजिलका महान्यायाधिवक्ता जर्ज मेसियसले सामाजिक सञ्जाल एक्समा आक्रमणको निन्दा गर्दै भनेका छन्, ‘यो जानाजानी आक्रमण थियो र यसबारे विस्तृत अनुसन्धान हुनेछ ।’
