Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यापति कवि मात्रै होइन, क्रान्तिकारी थिएः निधि





जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मैथिली भाषाका महाकवि विद्यापतिको बहुआयामिक व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आजको आवश्यक्ता रहेको बताएका छन् । विद्यापति स्मृति पर्वको अवसरमा विद्यापति ट्रष्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले विद्यापति बहुआयामिक प्रतिभाका धनी रहेकाले उनको व्यक्तित्वबाट नयाँ पुस्ताले शिक्षा ग्रहण गर्नु आवश्यक रहेको बताए । उनले भने ‘विद्यापतिको विषयमा नयाँ पुस्ता सामु यहाँका बुद्धिजीविहरुले प्रचार प्रसार गर्नुपर्छ ।’
निधिले भने ‘विद्यापति एक भूमिकामा बाँधिने कवि थिएनन् उनी कसैकालागि बाबा, कसैकालागि राजनीतिज्ञ त कसैका लागि पथ प्रदर्शक समेत थिए, उनको यी सबै भूमिकाबाट शिक्षा आर्जन गर्नुु पर्छ ।’ उनलाई कविको रुपमा मात्रै देखिनु बेइमानी हुुने बताउँदै निधिले उनी क्रान्तिकारी समेत रहेको बताए । विद्यापति राजनीतिक क्रान्ति, सामाजिक क्रान्ति तथा राज्य शासन संचालन पद्धतिको प्रणेता रहेको निधिको भनाई थियो ।
विद्यापति ट्रष्टका अध्यक्ष दीपक झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह लगायतको उपस्थिति रहेको थियो । पर्वको अवसरमा विद्यापतिमाथी केन्द्रित रहेर कविहरुले आ–आफ्नो कविता समेत वाचन गरेका थिए ।