Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बिहारको दरभंगामा भारतीय प्रम मोदीले गरे एम्स अस्पतालको शिलान्यास





एजेन्सी ।
भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको दरभंगामा एम्स अस्पतालको शिलान्यास गरेका छन् । बिहारको दरभंगा आएका प्रधानमन्त्री मोदीले एम्स अस्पतालको शिलान्यास गर्नुका साथै बिहार राज्यकालागि १२ हजार करोडको विभिन्न योजनाहरुको घोषणा गरेका हुन् । मोदीले दरभंगा वाईपास रेल लाइनको भर्चुअल उदघाटन समेत गरेका हुन् । उनले एम्स अस्पतालको निर्माण भएपछि यस भेगको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । मोदीले अस्पतालको निर्माणसंगै ७० वर्षभन्दा माथीका बृद्धकालागि निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा समेत गरे ।
एम्स अस्पतालको शिलान्यासपछि प्रधानमन्त्री मोदीले महाराजा कामेश्वर सिंहलाई स्मरण गर्नुका साथै मैथिली भाषाका प्रसिद्ध लोकगायिका शारदा सिन्हालाई श्रद्धाञ्जली समेत अर्पण गरे ।
कार्यक्रममा बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकर, मुख्यमंत्री नीतीश कुमार, कन्द्रिय मन्त्री नित्यानंद राय, चिराग पासवान, जीतनराम मांझी, गिरिराज सिंह, रामनाथ ठाकुर, सतीश चंद्र चौबे, उप मुख्यमंत्री सम्राट चौधरी, विजय कुमार सिन्हा, स्वास्थ्य मन्त्री मंगल पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।